आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार एकै दिन तोलामा ५ हजारले बढेको सुनको मूल्य बिहीबार १ हजार ७०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE