बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

देउवाप्रति धनराजको कटाक्षः रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बनिसक्नुभयो, अझै बन्न सक्नुहुन्छ

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्याग गरेको कुराको मूल्य खोज्न नहुने बताएका छन् । शनिवार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औंला गनेर हिसाव गरेर बस्न नमिल्ने उल्लेख गरे । उनले राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य हुने भन्दै लक्ष्य र गन्तव्य देश र जनताको लक्ष्य हुनुपर्ने बताए । पार्टीका सभापति शेरबहादुर देउवा राजनीतिक यात्राका क्रममा अटल खटेको परिणामतः पाँच पटक प्रधानमन्त्री बनिसकेएको र अझै प्रधानमन्त्री बन्नसक्ने बताए । दुःख, अटल यात्राले सम्भावनाका ढोका खुल्दै जाने बताए ।

उपसभापति गुरुङले भने, ‘राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औंला गनेर हिसाव गरेर बस्ने होइन । राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्ने हो । आफ्नो लक्ष्य भनेको देश र जनताको लक्ष्य हो । लक्ष्य प्राप्तिको लागि अविरल अटल ढंगबाट अघि बढ्नुपर्छ । त्यो नै मैले गुरुबाट पाएको शिक्षा हो । हामी यो राजनीतिक यात्रामा को कहाँ रह्यौँ । को कहाँ पुग्याँै, को कहाँ पुग्न सकेनौँ त्यो तपशिलको विषय हो । राजनीतिमा मैले त्याग गरेँ, मैले के पाएँ भन्ने भाष्य खडा भएको छ, गलत हो । मैले त्याग गरेँ भनेपछि फेरि के पाएँ भन्ने हो ? त्याग भनेको त्याग नै हो । त्यागको मूल्य हुँदैन । राजनीति यात्रा हो कहाँ पुगिन्छ थाहा हुँदैन, अविरल यात्रा गर्ने हो । हाम्रो सभापतिज्यु, पूर्वप्रधानमन्त्रीज्यु, यो राजनीतिक यात्राको क्रममा अविरल ढंगबाट यात्र गर्दा उहाँले खप्नुभएको उत्तारचढाव व्याख्या गर्नुपर्दैन । त्यो उत्तारचढावलाई छिचोलेर अघि बढ्नुभएको छ । रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बन्नुभयो । भनेर हुन्छ, अझै बन्नसक्नुहुन्छ नि उहाँ । ६ पटक, सात पटक नि बन्न सक्नुहुन्छ । त्यो यात्रा हो नि त । त्यो दुःख, अटल यात्राले ढोका खुल्दै जाने हो ।’

उपसभापति गुरुङले राजनीति अविरल यात्रा भएकाले राजनीतिमा आँधिबेरी चल्दा पनि त्यसलाई छिचौल्दै अघि बढ्न सक्नुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x