टेलिचलचित्र ‘माइतीघर’को ट्रेलर सार्वजनिक, बागमती टेलिभिजनबाट प्रसारण हुने

काठमाडौं । टेलिचलचित्र ‘माइतीघर’को ट्रेलर सार्वजनिक भएको छ । मणिलिङ्गेश्वर फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस टेलिचलचित्रको ट्रेलर शनिबार सार्वजनिक गरिएको हो ।
टेलिचलचित्रको निर्माता नवराज अधिकारी र इश्वरी प्रसाद अधिकारी रहेका छन् । निर्माणको घोषणासँगै बहुप्रतिक्षित मानिएको यो टेलिचलचित्रको ट्रेलर सार्वजनिक भएसँगै अब राष्ट्रिय टेलिभिजन च्यानल र सामाजिक सञ्जाल युटुव र फेसबुक पेज मार्फत प्रसारण हुने भएको छ । टेलिचलचित्रको प्रसारण राष्ट्रिय टेलिभिजन ‘बागमती टेलिभिजन एचडी’बाट हुने भएको छ भने माइतीघरकै युट्युव र बागमती टेलिभिजन एचडीको फेसबुक पेजबाट आगामी शुक्रबार साँझ ७ः३० बजे प्रसारण हुने भएको छ ।
यस टेलिचलचित्रमा सितल के.सी., सपना श्रेष्ठ, इश्वरी प्रसाद अधिकारी, नवराज अधिकारी, जानुका विश्वकर्मा, विद्या भट्टराई, बद्री पुडासैनी, करिस्मा खतिवडा, कमल प्रसाद शर्मा शिवराज शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने मरुभूमि नारायण मिश्रको छायाँकन, शंकर अधिकारी ‘घायल’को गीत, विकाश चौधरीको संगीत तथा अर्जुन थापाको सम्पादन तथा राजबहादुर सानेको लेखन र निर्देशन रहेको छ ।
टेलिचलचित्रका निर्माता नवराज अधिकारीले यस टेलिचलचित्रलाई धाराबाहिक रुपमा निरन्तर निर्माण गरिने बताए । सामाजिक र सचेतनामूलक मनोरञ्जनका लागि यो टेलिचलचित्र निर्माण गरिएकोले त्यस्ता भिडियो सामाग्री हेर्न चाहने दर्शकहरुको चाहना पुरा गर्न सक्ने विश्वास अर्का निर्माता इश्वरी प्रसाद अधिकारीको रहेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE