बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पोखरा विमानस्थलमा अनियमितता भएको भए कारबाही हुन्छः प्रधानमन्त्री ओली

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता भएको भए कारबाही हुने बताएका छन् । सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले नेपालले विभिन्न स्थानमा विमानस्थल बनाएको भएपनि चल्न नसकेको बताए । पोखरा विमानस्थल ह्याण्डओभर भएको तर ह्याण्डओभर भयो भनेर लिखित पत्र नै नदिएको बताए । उनले पेपर नदिएर किन अल्झाएको ? भन्दै प्रश्न गरे । विमानस्थलमा वाह्य विमानहरु त्यति धेरै नआएपनि आन्तरिक उडानको चाप रहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा एयरपोर्ट हामीले बनायौँ । चलेका छैनन् । पोखरा एयरपोर्ट बनेको छ । ह्याण्डओभर भएको छ । ह्याण्डओभरको पेपर दिएको छैन । ह्याण्डओभर गर्नुभयो भने ह्याण्डओभर भयो भन्ने पेपर त दिए भइगयो नि । उसले एयरपोर्ट तयार गरेको भन्ने । उ त ठेकदार हो नि कम्पनी त । उसको त मार्केटिङ बढ्छ । त्यो पत्र पाएका छैनन् । पाउँदैनन्, किन अल्झाएको हो थाहा छैन । बेठिक छ, बेथिति छ भने त्यसमा कारबाही हुन्छ, खोजि गरौँ न । तयार भयो, चलिरहेको छ, अत्याधिक चापका साथ चलेको छ । बाहिरका कम आएका छन् तर आन्तरिक अत्याधिक चापका साथ पोखरा एयरपोर्टमा चलेका छन् । ह्याण्डओभर भएको दुई वर्ष भयो होला, पत्र ह्याण्डओभरको दिएको छैन ।’

प्रधानमन्त्री ओलीले कानूनी रुपमा कुनै त्रुटी भए सच्याएर जान सकिने बताए । सरकार र व्यवसायलाई अफ्ठ्यारो पारेर कुनै फलिफाप नहुने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x