बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपालमा फेरि पनि कोरोना देखियो, सात जनामा संक्रमण

  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण नेपालमा फेरि पनि देखिएको छ । चीन र भारतमा देखिएसँगै नेपालमा फेरि पनि कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले आइतबार नेपालमा देखिएको नयाँ भेरियन्टका बारेमा छलफल गरेको थियो । सीमा नाका, हवाई नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

कोरोना देखिएकामध्ये सबैजसो काभ्रेका हुन् । धुलिखेलमा चेकजाँचको क्रममा कोरोना पुष्टि भएको हो । सातै जनालाई अहिले टेकुमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बूढाथोकीले दिएको जानकारी अनुसार अहिले नेपालमा देखिएको कोरोना नयाँ भेरियन्ट हो भन्ने पुष्टि भइसकेको छैन ।

उनका अनुसार यसअघि पनि फाटफुट कोरोना पुष्टि भए पनि अहिले एकैठाउँमा सात जनालाई देखिँदा सतर्कता बढाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x