बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मधेस प्रदेश सरकारको तीन दिने गणतन्त्र दिवसको कार्यक्रम सम्पन्न

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौं । १८ औँ गणतन्त्र दिवसको अवसरमा मधेस प्रदेश सरकारले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यसहित तीन दिने विशेष कार्यक्रम सम्पन्न गरेको छ । प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले कार्यक्रमको पहिलो दिन, जेठ १४ गते जनकपुरधामस्थित मधेस भवन परिसरमा सरसफाई तथा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

दोस्रो दिन, जेठ १५ गते, प्रेस स्वतन्त्रता सेनानीहरूलाई सम्मान तथा अभिनन्दन गरेको थियो । तीन दिने कार्यक्रमको अन्तिम दिन, जेठ १६ गते, ऐतिहासिक जानकी मन्दिर परिसरमा सरसफाइ गरिनुको साथै जनकपुरधामस्थित मानव सेवा आश्रममा सहारा विहीन, अपाङ्ग, अशक्त तथा मानसिक रोगीहरूमाझ खाना वितरण गरिएको छ । उक्त अवसरमा गृह मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता राजकुमार लेखी स्वयं सहभागी थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x