बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक चालु अधिवशेनमै संसदमा लैजान्छौँः सभापति खतिवडा

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नागरिकता विधेयक चालु अधिवेशनमै संसदमँ लैजाने तयारी रहेको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विधेयक छिटो पारित गरेर समस्यामा रहेका नेपाली नागरकलाई सहजता प्रदान गर्ने लक्ष्यअनुसार विधेयकमाथि काम गरिरहेको बताए । विधेयकमाथि अब बेलायती सेनामा रहेका ब्रिटिश गोरखासँग र एनआरएनसँग एक पटक छलफल गरेर अघि बढाइने बताए ।

उनले भने, ‘अब बेलायती सेनामा रहनुभएका ब्रिटिश गोरखासँग र एनआरएनसँग पनि छलफल गर्छौं । यो सरोकारवाला विषय भएकाले छलफल गर्नेछौँ । एक पटक बेलायती सेनामा रहनुभएका साथीहरु र एनआरएनका केही पूर्वअध्यक्षहरुसँग छलफल गर्छौं । त्यसपछि समितिमा नै दफावार छलफल गरेर मन्त्रीज्यु र हामी सबैको चाहनाअनुसार यही अधिवेशनमै यो विधेयक लैजाऔँ भनेर हामी सबै एक भएका छौँ । कोही सत्ता पक्ष र प्रतिपक्ष भएका छैनौँ ।’

समितिको बैठकमा आज नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग छलफल भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x