बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपाली काठमाडौँ आइपुगे

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं । अमेरिकाबाट डिपोर्ट अर्थात् निष्कासित गरिएका थप ३७ जना नेपालीहरू गएराति काठमाडौं आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत उनीहरुलाई काठमाडांै फर्काइदिएको हो ।

अमेरिकी कानुन उल्लङ्घन गरेको आरोपमा अमेरिकाबाट डिपोर्टमा परेका ३२ पुरुष र पाँच जना महिला राति काठमाडांै आइपुगेका अध्यागमन विभागले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता अहिलेसम्म एक सय ७७ जना नेपाली निष्कासनमा परेका छन् ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले डिपोर्टमा परेकाहरुलाई सोधपुछ गरेर घर जान दिने गरेको छ । अमेरिकाबाट निष्कासनमा परेकाहरु मानव तस्करीमा संलग्न संगठित गिरोहलाई मोटो रकम बुझाएर एशिया, युरोप र अफ्रिकाका विभिन्न देश हुँदै अमेरिका छिर्नेहरू बढी छन् ।

केही व्यक्ति भने विभिन्न कार्यक्रममा अमेरिका गएर उतै गैरकानूनी रूपमा बसोबास गर्दै आएका पनि छन् । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले उनीहरूकै देश फर्काइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x