बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अपराध रोकथाम र न्युनिकरणमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध रोकथाम र न्युनिकरणमा ध्यान दिन निर्देशन दिएका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई अपराध रोकथाम र न्युनिकरणमा ध्यान दिन निर्देशन दिएका हुन् ।

उनले फौजदारी अपराधमा कानूनको कार्यान्वयन मात्र नभइ कानूनको कहाँ संशोधन गर्न आवश्यक छ त्यसमा सुझाव दिन आग्रह गरे । अपराध हुनै नपाओस् भन्नेकुरामा बढी जोड दिन आग्रह गरे । अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु फौजदारी अपराध यहाँनेर कानूनको कार्यान्वयनसम्बन्धी मात्रै होइन, कानूनको पनि कहाँनेर संशोधन गर्न आवश्यक छ, तपाईंहरुले त्यसमा पनि सजेस्ट गर्नु वाञ्छनीय हुन्छ । हामी अलि बढी अनुसन्धान र अभियोजनका पक्षमा बढी केन्द्रित भइरहेका छौँ । अपराध रोकथामका पक्षहरु यसैभित्र समेट्न खोज्नुभएको छ । अपराध रोकथाम, अपराध हुनै नपाओस् । त्यसका निम्ति अनुसन्धानका भित्री पक्षहरु, अपराध भइसकेपछिको अनुसन्धान र अपराध हुन नपाओस् भन्नेकुरा, निगरानी राख्ने कुरा, मान्छेहरुका रेकर्डहरु राख्नेकुरा कस्तो मान्छेको कस्तो रेकर्ड छ । के गरिरहेको छ ? अपराधतर्फ त प्रवेश भइरहेको छैन ? आदि कुराको रेकर्ड राख्यौँ भने, निगरानी गर्ने हो भने अपराध कर्म कम हुन्छ । अपराधको न्युनिकरण र अपराधको रोकथाममा हामी जानुपर्छ ।’

प्रधानमन्त्री ओलीले प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित दुई दिने सम्मेलनले निष्कर्षसहित घोषणापत्र जारी गर्ने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x