शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

सर्वोच्चमा प्रश्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यमाथि सात वटा उजुरी

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद्को सदस्यमा प्रश्तावित सदस्यहरुमाथि ७ वटा उजुरी परेका छन् । बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले यसबारे जानकारी गराएको हो ।

बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले सर्वोच्चच अदालतको न्यायाधीश पदमा प्रश्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा र न्यायपरिषद्को सदस्य पदमा प्रश्तावित महेशकुमार नेपाल उपर सात जनाले उजुरी दिएको जानकारी दिए । सातै जना उजुरीकर्ताहरुलाई १३ गतेको समितिको बैठकमा बोलाएर जानकारी लिने सभापति न्यौपानेले बताए । त्यस्तै १५ गतेको समितिको बैठकमा प्रश्तावित न्यायाधीशहरु पोखरेल, पौडेल र थापाका कार्यायोजना सुन्ने र सुनुवाई गर्ने कार्यसूचि रहेको बताए ।

उनले भने, ‘१३ गतेको बैठकमा उजुरीकर्ताहरुलाई बोलाएर उजुरी सुन्ने र १५ गते न्यायपरिषद्मा सिफारिस सदस्य र सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका व्यक्तिहरुलाई बोलाएर उहाँहरुका कार्ययोजना सुन्ने र त्यसैदिन निर्णय हुन्छ । त्यो दिन निर्णय हुन नसके अर्को दिन पनि हुनसक्छ ।’

न्यायपरिषद्को सदस्य पदमा प्रश्तावित महेशकुमार नेपालमाथि ५ वटा उजुरी परेका छन् । अन्य दुुई वटा उजुरी भने प्रश्तावित न्यायाधीशउपर परेका हुन् । प्रश्तावित न्यायाधीशहरु पोखरेल, पौडेल र थापाका कार्यायोजना र न्याय परिषद् सनस्य नेपालका कार्ययोजनाको प्रति समिति सदस्यहरुलाई वितरण समेत गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x