बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

वकील पक्षधर हुन्छ तर न्यायाधीश निरपेक्ष हुनुपर्छः प्रश्तावित न्यायाधीश पोखरेल

काठमाडौं । सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश मेघराज पोखरेलले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताएका छन् । आईतवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कानून व्यवसायीहरु पक्षधर हुने तर न्यायाधीश निरपेक्ष हुनुपर्ने बताए । आफू न्यायाधीश बनेपछि निरपेक्ष रुपमा काम गर्ने जिकिर गरे । न्यायाधीश भएपछि संविधान, कानून र न्यायको पक्षमा अब्बल सावित गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘कानून व्यवसायीहरुले एउटा न एउटाको पक्षधरमै काम गर्नुपर्छ । तर न्यायाधीश भएपछि न्यायाधीशको पक्ष हुँदैन । न्यायकर्मीको जिम्मेवारी पाएँ भने मेरो जुन रोल थियो, त्यसलाई परिवर्तन गरेर संविधान, कानून र न्यायको पक्षमा अब्बल सावित गर्नेछु । न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्छ । त्यस्तो दृष्टिकोण न्यायाधीशले राख्नुपर्छ । यसको लागि न्यायपालिकामा दबाब, प्रलोभनहरु आउनसक्छन् । धम्की आउनसक्छन् । त्यो भन्दा माथि उठेर निर्णय गर्नुपर्छ । कार्यपालिका र व्यवस्थापिकासँगको सम्बन्धमा पनि न्यायपालिकाको भुमिका हुन्छ ।’

उनले सबैले संविधानभित्रै रहेर काम गर्नुपर्ने बताए । संविधानको सीमाभित्र रहेर काम गर्न नसके मुलुकमा गतिरोध हुने जिकिर गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x