आज प्रतिनिधिसभाको बैठक, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गतको तल्लो सदन प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
उक्त विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्दै पारित गरियोस् भन्ने प्रस्ताव मन्त्री अधिकारीले बैठकमा राख्नुहुनेछ । बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन आव २०८०/२०८१ पेस गर्ने कार्यसूची छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक २०८२ प्रस्तुत गर्ने कार्यसूची छ । उनले बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक २०८२ प्रस्तुत गर्नेछन् । सभामुख देवराज घिमिरेले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयकमाथि राष्ट्रियसभाबाट भएको विचारमाथि संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE