पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देश रुपान्तरण गर्थ्यौँः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देश रुपान्तरण गर्ने दाबी गरेका छन् । प्रतनिधि सभाको बैठकमा सोमवार बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले गठबन्धनमा रहेर थुप्रै अफ्ठ्याराहरुको बीचमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कयौं मानक बनाउन सकेको बताए । उनले आफू सोही दिशाका लागि आत्मलोचनासहित अघि बढेको बताए । उनले गणतन्त्रमाथि राजावादी मात्र नभइ सरकारको कार्यशैलीबाट नै खतरा रहेको बताए ।
उनले भने, ‘गठबन्धनमा रहेर थुप्रै अफ्ठ्याराका बीचमा पनि कयौँ मानक बनाउनसक्यौँ हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा । पाँच वर्ष सरकार सञ्चालन गर्न पाए यो देशलाई रुपान्तरण गर्नसक्छौँ भन्ने अठोट अहिले पनि हामीसँग छ । यही अठोटका साथ आत्मलोचनाका साथ अघि बढेका छौँ ।’
उनले सरकारले कुशासनको तानाशाही गाढा चलाइरहेको बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE