बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

एमाले उपाध्यक्ष पाण्डेको दाबीः दुई वर्ष पहिल्यै भण्डारीको पार्टी सदस्यता नविकरण

  • 56
  •  
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरणदुई वर्ष पहिला नै भइसकेको बताएका छन् । आईतवार पार्टी केन्द्रिय कायालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीबीचको भेटवार्ताका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एक वर्ष पहिलाको सचिवालय बैठकमा पार्टी महासचिव शंकर पोखरेलले सदस्यता नविकरण भइसकेको बताएको पनि बताए । पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यसबारे आफूले छुट्टै भेट गरेर छलफलपछि निष्कर्ष निकाल्ने बताएको जानकारी दिए ।

उनले भने, ‘अध्यक्षले बैठकको अन्त्यमा यसको बारेमा उहाँसहित बसेर हामी टुंगो गर्छौं भन्नुभएको हो । यो बैठकको विषय होइन भनेर भन्नुभएको थियो । उहाँको सदस्यता, उहाँको पार्टीमा आउने कुरा, राजनीतिक बारेमा म बसेर छलफल गर्छु भन्नुभएको हो । दुई वर्षअघि नै नविकरण गरेँ भन्नुभएको छ । १ वर्षअघि नै महासचिवले सचिवालय बैठकमा नविकरण भएको भन्नुभएको थियो । अध्यक्षज्युले पनि यसमा सहमति गर्नुभएको थियो ।’

उपाध्यक्ष पाण्डेले पार्टी सदस्यता नविकरण पहिला नै भएको विषय रहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x