बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

एमलेको केन्द्रीय कमिटी बैठक आजदेखि 

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ ।

बिहान ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको संगठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने प्रचार विभागले जनाएको छ ।

केन्द्रीय कमिटीको बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ ।

यसैगरी, पार्टीमा स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ । एमालेको केन्द्रीय कमिटी ३५७ सदस्यीय हुने व्यवस्था छ । केन्द्रीय कमिटीको बैठक दुई दिन चल्ने प्रचार विभागले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x