साफ महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै,उपाधि जित्ने लक्ष्यमा नेपाल

काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले दोस्रो पटक बङ्गलादेशसँग खेल्दैछ ।
आज हुने अन्तिम खेलले नै उपाधि जित्ने टोलीको निर्णय गर्नेछ । खेल बङ्गलादेशको बसुन्धरा स्पोट्र्स मैदानमा नेपाली समयअनुसार बेलुका पौने ७ बजेदेखि शुरू हुनेछ ।
प्रतियोगितामा बङ्गलादेश पाँच खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा छ भने समान खेलमा १२ अङ्कसहित नेपाल दोस्रो स्थानमा छ । नेपालले भुटान र श्रीलङ्कालाई दुई–दुई खेलमा पराजित गर्दा बङ्गलादेशसँग भने पराजित भएको थियो ।
डबल राउन्ड रोबिनका आधारमा भएको खेलमा प्रतियोगिताको उपाधि जित्न नेपालले अन्तिम खेलमा बङ्गलादेशलाई हराउनुपर्नेछ । बङ्गलादेशलाई उपाधिका लागि बराबरी नतिजा मात्रै पनि पर्याप्त रहनेछ ।
बङ्गलादेशसँगको पहिलो खेलमा नेपाल ३–२ गोलले पराजित भएको थियो । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE