बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेका ८ बुँदे प्रस्ताव, पार्टी सदस्यता दुई तहको हुने

काठमाडौं ।  नेकपा एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । दुई दिनसम्म चलेको बैठकले विधान संशोधन लगायतका विभिन्न विषयमा निर्णय गरेको छ । मंगलबार मध्यरातमा बैठक सकिँदा बैठकमा २ सय ६४ जना सदस्यहरूले भाग लिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा विधान संशोधनका विविध विषयमा छलफल भएको उनले बताए ।

अब एमालेको पार्टी सदस्यता दुई तहको हुने भएको छ । जसमा पार्टी सदस्यता र पार्टीको संगठित सदस्यता हुने छ । यस अघि पनि एमालेको दुई तहको सदस्यता थियो । तर बिचमा त्यसलाई हटाइएको थियो ।

त्यस्तै पार्टीको जिल्ला कमिटी अहिले जस्तै कार्यकारिणी कमिटी हुने पनि उनले जानकारी दिए । पार्टीका कमिटीहरू चुस्त, दुरुस्त र छरितो बनाउन केन्द्रीय कमिटीका पदाधिकारी सङ्ख्या १५ जना, पोलिटब्युरो केन्द्रीय कमिटीको एकतिहाइ हुने र केन्द्रीय कमिटी २ सय ५१ सदस्सीय हुने प्रस्ताव अघि बढाउने निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सुनाउनुभएको गौतमले जानकारी दिए ।

बैठकमा आएका सुझावलाई समेटेर छलफलका लागि प्रदेश र तलका कमिटीमा पठाइने उनले जानकारी दिए । त्यहाँबाट आएका सुझाव समेतलाई समेटेर विधान महाधिवेशनमा लैजाने सहमति भएको उनले स्पष्ट पारे । बहुचर्चित पूर्वराष्ट्रपतिको पार्टी सदस्यता र पार्टी जीवनमा सक्रिय हुने विषयमा बैठकमा निक्कै लामो छलफल भएको उनले बताए ।

सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापा असहमति जनाउनुभएको गौतमले जानकारी दिए । गौतमले पार्टीमा ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव विधान महाधिवेशनमा लैजाने निर्णय पनि बैठकले गरेको जानकारी दिए ।

पार्टीको ७० वर्ष उमेर हद र दुई कार्यकालको सीमा हालका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ११ औँ महाधिवेशनमा रोक्नको लागि मात्र हुने प्रावधान जस्तो देखिएकोले उनलाई प्रतिस्पर्धामा जाने बाटो खुल्ला गरिदिन सो प्रावधान हटाउन लागिएको स्पष्ट पारे । उनीसँग प्रतिष्पर्धा गर्न चाहने योग्यता पुगेका अन्य नेताहरूको लागि पनि बाटो खुल्ला रहेको गौतमले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x