बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

विधेयक फिर्ता भएपछि राष्ट्रपति भेट्न शीतल निवासमा सभामुख

काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका संसदमै फर्काएपछि सभामुख देवराज घिमिरेले चासो राखेका छन् ।

आज बिहान शीतल निवास पुगेर घिमिरेले राष्ट्रपति पौडेलसँग विधेयक फिर्ताबारे चासो राखेका हुन् ।

संशोधित विधेयक प्रथम दृष्टिमै संविधानको धारा २८४ को भावना र मर्म एवम् विश्वव्यापि लोकतान्त्रिक अभ्यास र मान्यता प्रतिकूल हुने देखिएको साथै संवैधानिकतालाई सीमित र संकूचित बनाउने आशंकासहित राष्ट्रपति पौडेलले विहीबार साँझ संघीय संसदमा फिर्ता पठाएका थिए ।

दुवै सदनबाट पारित भई सो संशोधन विधेयक प्रमाणीकरणका लागि गत असार ३१ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

भेटमा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् । सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x