आज सार्वजनिक लेखा सहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ ।
कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्न लागेको सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेलसँगै सरकारका सबै सचिवहरूसँग छलफल गर्ने कार्यसूची छ ।
यस्तै,कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आर्थिक वर्ष २०८२/८३–२०८६/८७)को मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
बिहान १० बजे बोलाइएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।
बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE