आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको खरिद तथा बिक्री मूल्य निर्धारण गरेको छ । जस अनुसार आज भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ तथा बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यसैगरी, अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १ पैसा र बिक्रीदर ९० रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७८ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय २ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर खाठ रुपैयाँ ९८ पैसा र बिक्रीदर नौ रुपैयाँ २ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE