महिला युरो २०२५ को उपाधि इङ्ल्यान्डलाई

काठमाडौं । महिला युरो २०२५ को उपाधि इङ्ल्यान्डले जितेको छ ।
स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ गोलको जीत निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो ।
स्वीट्जरल्यान्डको बसेलमा रहेको सेन्ट ज्याकोब पार्कमा भएको फाइनल खेलमा निर्धारित र थप समय पनि १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउट भएको थियो । इङ्ल्यान्डको कुनै पनि टोलीले विदेशी भूमिमा जितेको यो पहिलो ठूलो उपाधि हो ।
सेमिफाइनलमा इङ्ग्ल्यान्डले इटालीलाई र स्पेनले जर्मनीलाई हराउँदै फाइनलमा पुगेका हुन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE