बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

संयुक्त राज्य अमेरिका र ईयूबीच ऐतिहासिक व्यापार सम्झौता

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमााडौं । संयुक्त राज्य अमेरिका र युरोपियन युनियन (ईयू) बीच ऐतिहासिक व्यापार सम्झौता भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनबीच हिजो स्कटल्याण्डको टर्नबेरी गोल्फ रिसोर्टमा भएको निर्णायक वार्तापछि दुबै पक्ष १५ प्रतिशत भन्सार दरमा सहमत भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यो सम्झौताले महिनौं लामो व्यापारिक तनाबको अन्त्य गर्दै विश्व व्यापारको झन्डै एक तिहाइ हिस्सा ओगट्ने दुई ठूला साझेदारबीच नयाँ सहकार्यको ढोका खोलिदिएको छ । अब अमेरिकी बजारमा प्रवेश गर्ने सबै युरोपेली सामानमा १५ प्रतिशत आयात कर लाग्नेछ ।

जुन ट्रम्पले घोषणा गरेका ३० प्रतिशत दरको आधा हो । साथै केही विशेष वस्तुहरू जस्तै विमान तथा पार्टपुर्जा, केही कृषि तथा रसायनजन्य उत्पादनहरूमा भने कुनै भन्सार लाग्ने छैन ।युरोपेली युनियनले पनि केही अमेरिकी वस्तुहरूमा शून्य प्रतिशत भन्सार छुट दिने भनिएको छ ।

राष्ट्रपति ट्रम्पले युरोपेली युनियनले अबको तीन वर्षमा अमेरिकामा झन्डै छ सय अर्ब डलरको लगानी गर्ने बताउनुभयो । जसमा अमेरिकी सैन्य सामग्री किनमेल तथा उर्जा क्षेत्रमा सात सय ५० अर्ब डलरसम्म खर्च गरिनेछ । यो लगानीले युरोपको रुसी उर्जामा निर्भरता घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

समझौता पश्चात् अमेरिका झन्डै ९० अर्ब डलर भन्सार राजस्व सङ्कलन गर्ने अनुमान गरिएको छ । युरोपेली नेताहरूले सम्झौतालाई सतर्कताका साथ स्वागत गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x