सरकारले पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउँदै

काठमाडौं । सरकारले कोदोजन्य बालीहरूको आयात न्यूनीकरण, आन्तरिक उत्पादन वृद्धि र कृषकको आयस्तर सुधार गर्ने उद्देश्यले आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाउन थालेको छ।
साना किसानको आयआर्जन बढाउने, खाद्य तथा पोषण सुरक्षामा योगदान पुर्याउने र जैविक बालीहरूको प्रवर्द्धन गर्ने लक्ष्यसहित यो दिवस मनाइएको हो।
‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरिएको थियो ।
कृषि विभागका अनुसार कोदो दिवस जलवायु परिवर्तनको असर न्यूनीकरण, दिगो विकास लक्ष्य प्राप्ति र जैविक विविधताको संरक्षणका लागि महत्वपूर्ण मानिएको छ।
विभागका तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८१/८२ मा झण्डै १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात गरिएको थियो, जसको मूल्य ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबर रहेको थियो।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE