बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

माओवादी स्थायी समिति बैठकमा प्रचण्डले राखेको एजेन्डामाथि आजदेखि नेताहरूले धारणा राख्ने

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठकमा आजदेखि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि आ आफ्नो धारणा राख्नेछन् ।

बैठक आज बिहान ११ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा सुरु हुनेछ ।

एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

छलफल र बहसको आधारमा समय लम्बिन पनि सक्ने जनाइएको छ ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोध सार्वजनिक रूपमै छताछुल्ल भएको छ ।

अन्तरविरोधबिच शुक्रबारबाट सुरु भएको स्थायी समिति बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।

यसैबीच शुक्रबार बैठकमा एजेन्डा प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले पार्टी भित्रको अन्तरविरोधलाई बाहिर लगेकोमा उपमहासचिव शर्मासँग असन्तुष्टी पोखेका छन् ।

यस्ता गतिविधिले पार्टीको हित नगर्ने बताउदै उनले आन्तरिक विवादलाई आगामी दिनमा बाहिर नलैजान सचेत गराएको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x