बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

दलको नेतृत्व लिएपछि कुनै पनि गुट बनाउन लाग्नु हुँदैन : प्रदीप पौडेल

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं काँग्रेस नेता प्रदीप पौडेलले दलको नेतृत्व लिएपछि कुनैपनि गुट बनाउन लाग्न नहुने बताएका छन् ।

शनिवार काठमाडौंमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको नेतृत्व लिएपछि कुनै एउटा गुट खडा गरेर आफ्नो गुटलाई मात्रै माया गर्ने कुरा राम्रो नहुने बताए ।

उनले पार्टीको नेता भइसकेपछि सबै सदस्यहरुलाई समान व्यवहार गर्न सक्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘पार्टीको नेतृत्व लिएपछि त्यहाँभित्र गुट छ, गुटको सिमित मानिसहरुलाई माया गर्ने, नेतृत्व भनेको त अभियानको नेता हो नि त । त्यो अभियानलाई पूरा गर्न स्वार्थ त्यागेर सँगसँगै हिँडेको मानिस हो नि त । राजनीतिक परिभाषाले भन्दा स्वार्थले राजनीतिमा लागेको छ भन्दा राजनीतिको परिभाषाअनुसार उसले राजनीति गरेको मानिनु हुँदैन । हाम्रो नेतृत्व वा हाम्रो व्यवहारगत पक्षबाट निकै ठूलो त्रुटी छ ।’

मन्त्री पौडेलले परिवर्तनका निम्ति जोखिम मोल्न सक्नुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x