दिक्तेलका मेयर भट्टराईले गरे आमरण अनशन अन्त्य

काठमाडौं। खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले आमरण अनशन अन्त्य गरेका छन् ।
आइतबार नगर प्रमुख भट्टराईले आमरण अनशन अन्त्य गरेका हुन् ।
मेयर भट्टराईले श्रावण ११ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका थिए।
आज सरकारसँग १६ बुँदे सहमति भएसँगै उनले आमरण अनशन अन्त्य गरेका हुन् ।
ुनिमार्ण कार्यमा बाँसको प्रवर्द्धन गर्न शहरी विकास मन्त्रालयवाट बाँस भवन संहिता र नर्म्स लाई अन्तिम रुप दिई सबै प्रकृया पुरा गरी ४५ दिनभित्र स्वीकृत गरी लागु गरिने छ । स्थानीय तहको अनुरोधमा सम्बन्धित क्षेत्रमा कार्यरत प्राविधिकलाई शहरी विकास मन्त्रालयले यसै आर्थिक वर्ष (२०८२–८३)देखि क्षमता अभिवृद्धिको कार्यक्रम संचालन गर्ने,ग्रामीण अर्थतन्त्र र जिविकोपार्जन सुधारका लागि बहुउपयोगी बाँसको प्रवर्द्धन गर्न वन तथा वातावरण मन्त्रालयले सवै प्रदेश सरकार र स्थानीय तहहरुलाई अनुरोध गर्ने र वन तथा वातावरण मन्त्रालयले आगामी वर्षदेखि देशव्यापी रुपमा बहुआयामिक कार्यक्रम सहित बाँस भवन संहिता सञ्चालन गर्ने,ुसहमतिपत्रमा उल्लेख गरिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE