प्रहरीले चलाएको गोली लागेर सप्तरीमा एक जनाको मृत्यु

सप्तरी । सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । उक्त गोली लागेर राजगढ गाउँपालिका– २ कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो ।
मंगलबार राति १० बजेतिर भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा १० जना प्रहरी टोली खटिएको थियो । तस्करको समूहले प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाको लागि चार राउन्ड हवाई फायर गरेको र त्यसै क्रममा एक गोली यादवको बायाँ तिघ्रामा लागेको प्रहरीले जनाएको छ ।
गोली लागेका यादवको उपचारको क्रममा गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE