बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

दोस्रो संस्करणको एनपीएलको खेलाडी छनोटका लागि आज अक्सन

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटको खेलाडी छनोटका लागि आज अक्सन हुँदैछ ।

आज दिउँसो तीन बजेदेखि अक्सन शुरू हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ ।

यो अक्सनका लागि एक सय ५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक भइसकेको छ ।यसअघि चार सय ५८ जना खेलाडीले नाम दर्ता गरेकोमा ती खेलाडीबाट अन्तिम सूची घोषणा गरिएको थियो ।

एनपीएलमा आठ टोली छन् । ती टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार अन्तिम सूचीमा खेलाडी समावेश गरिएको क्यानले जनाएको छ ।

खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरिएको छ । श्रेणी ‘ए’ मा ८ जना, ‘बी’ मा ३५ तथा ‘सी’ मा १ सय ७ खेलाडी रहेका छन् । यसबाट ३७ खेलाडीमा मात्र बोली लाग्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x