बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कैलाली कारागार घटनापछि सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्रीको छलफल

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।

शनिवार सिंहदरबारमा सुरक्षा प्रमुखहरुसँग गृहमन्त्री लेखकले छलफल गरेका हुन् ।

कैदीबन्दीबिच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न मन्त्री लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाइ छलफल गरे । छलफलमा उक्त घटनालाई सरकारले गम्भीरताका साथ लिएको र परिस्थिति सहज बनाउन सुक्षम रुपले हेरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले बताए ।

उनका अनुसार गम्भीर घाइते भएका एक बिरामीलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाइएको र हेलिकप्टर उडिसकेको छ । उनले अन्य घाइतको उपचारको उचित व्यवस्था मिलाइएको बताए । उनले कारागारको पूर्ण सुरक्षा गर्ने र थप अप्रिय घटना हुन नदिने व्यवस्था मिलाइएको जिकिर गरे ।

उनले भने, ‘कैलालीको कारागारमा भएको घटनाका सन्दर्भमा गृहमन्त्रीज्युको नेतृत्वमा तीन वटै सुरक्षा निकायका प्रमुख, गृह सचिवज्यु सबै बसेर छलफल गरेका छौँ । यस घटनालाई गृह मन्त्रालय र समग्र सुरक्षा निकायले परिस्थिति सहज बनाउन गम्भीरतापूर्वक सुक्ष्म रुपले हेरेको अवस्था छ । गम्भीर घाइते भएका एक बिरामीलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाएका छौँ । हेलिकप्टर उडिसकेको छ । अन्य घाइतको उपचारको उचित व्यवस्था मिलाइएको छ । कारागारको पूर्ण सुरक्षा गर्ने र थप अप्रिय घटना हुन नदिने व्यवस्था मिलाइएको छ ।’

शुक्रबार राती कारागारमा कैदीबन्दीबीच झडप भएको थियो । कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x