रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागार स्थानान्तरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागार स्थानान्तरण गरिएको छ ।
शनिवार लामिछानेलाई भैरहवा कारागारबाट नख्खु कारागारमा स्थानान्तरण गरिएको हो । शुक्रवारमात्रै कारागार विभागले उनलाई कारागार सरुवाको निर्णय गरेर कार्यान्वयनका लागि पत्र पठाएको थियो ।
शनिवार उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिएको हो । उनलाई विमानस्थलबाट ल्याउने खबर पाएसँगै पार्टीका नेता, कार्यकर्ताहरु त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र नख्खु कारागार बाहिर भेला भएका थिए ।
लामिछानेले कारागार सरुवाका लागि दिएको निवेदनका आधारमा प्रशासनले निर्णय गरेर उनलाई नख्खु कारागार ल्याइएको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE