आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै छन् ।
आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
पूर्वाधार विकास समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग र रसुवागढीलगायत अन्य सडकको अवस्था र चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, दिउसो २ बजे नै विधायन व्यवस्थापन समितिको बैठक पनि सिंहदरबारमा बस्न लागेको छ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE