बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

युवाहरु तयार भए पद छोड्न तयार छुः प्रधानमन्त्री ओली

  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले युवाहरुको समय रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले युवाहरु अघि बढेर देश विकासमा लाग्नुपर्ने बताए । युवाहरु तयार भए आफू पद छोड्न तयार रहेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँनयाँ विकास, आविष्कार र प्रगति भएको बताए। उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘यो युवाहरुको समय हो । युवाहरु अगाडि बढ्नुपर्छ । युवाहरुले गर्नसक्नुपर्छ । यो कुरा थाहा पाएपछि भन्छन्, तपाईंले किन पद नछोडेको रु म त छोड्न तयार नै छु नि । युवाहरु तयार हुनुप¥यो नि त । म इन्करेज गर्न चाहन्छु युथहरुलाई ।’

प्रधानमन्त्री ओलीले नेपालमा अब लगानी र काम गर्न कुनै बाधा नरहेको दाबी गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x