उखुको भुक्तानी माग गर्दै किसान आन्दोलनमा
काठमाडौं । आर्थिक वर्ष २०८१–२०८२ को उखुको भुक्तानी रकम माग गर्दै किसान आन्दोलनमा उत्रेका छन् । किसानले आईतवार उखुको भुक्तानीको माग राखी काठमाडौको गौशालादेखि माईतीघरसम्म प्रदर्शन गरेका हुन् ।
किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान भुक्तानी गर्नुपर्ने माग राखेका छन् । यस्तै उनीहरुले उखुको मुल्य प्रतिक्वीन्टल एक हजार रुपैयाँ पु¥याउनुपर्ने माग अगाडी सारेका छन् । प्रदर्शनमा किसानले ‘उखु किसानको अनुदान कटौती गर्न पाइँदैन’, ‘उखु कृषक शोषण बन्द गर’, ‘किसानसँग भएका सम्झौता लागू गर’ लगायत माग लेखिएको प्लेकार्ड बोकेका थिए ।
नेपाल उखु उत्पादक महासंघको नेतृत्वमा किसाहरु सडक आन्दोलनमा होमिएका हुन् । सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेको छ । उक्त निर्णयको बिरोधमा किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE