मन्त्रीत्रय खनाल, घिसिङ र अर्यालद्वारा क्षतिग्रस्त संघीय संसद भवन अवलोकन
काठमाडौं । सरकारका मन्त्रीहरुले जेन—जी प्रर्दशनकारीहरुले आगजनिसहित क्षति पु¥याएका संघीय संसद भवनको अवलोकन गरेका छन् । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङ, गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले बुधवार अपरान्ह नयाँ बानेश्वरस्थित खण्डहर अवस्थामा रहेको सो भवनको अवलोकन गरेका हुन ।
अवलोकनका क्रममा मन्त्री घिसिङले सो भवनलाई पुरानै अवस्थामा ल्याउने गरी तत्कालीन र दीर्घकालीन खालको योजनासहितको कामलाई अघि बढाउने योजना सार्वजनिक गरे । उनले तत्कालका लागि भने सफाई, डिजाईन लगायतको काम अघि बढाउने पनि बताए ।
मन्त्री घिसिङले भने, ‘क्षतिको तत्काल आँकलन गरेर यसलाई कसरी सर्ट टर्ममा, लङ टर्ममा कसरी यसको पुनर्निर्माण गर्ने भन्ने विषयमा हामी तत्कालै अघि बढछौं ।
यसको डिजाईनदेखि लिएर सबै काम गर्न अलि समय लाग्छ । र हामी यसलाई पहिला जस्तो अवस्थामा थियो, त्यस्तै अवस्थामा पु¥याउन समय लाग्छ । तर हामी तत्कालै गर्नुपर्ने कामहरु सफाईलगायतका कामहरु तत्कालनै गर्छौँ ।’ यसअघि मन्त्री घिसिङले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतको पनि अवलोकन गरी क्षतिको एकीन वितरण ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE