नेताको घरमा भेटिएको नगद रकमबारे छानविन शुरु भइसक्योः प्रधानमन्त्री कार्की

काठमाडौं । सरकारले जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेका नेताको घरमा भेटिएको नगद रकमबारे छानविन शुरु गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताएकी हुन ।
गत भदौ २३ २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनीमा परेका काँग्रेस सभापति शेरबहादुर देउवालगायतका शिर्ष नेताहरुको घरमा नगद रकम जलेको भेटिएको थियो ।
प्रधानमन्त्री कार्कीले विगतका भ्रष्टाचार प्रकरणहरूबारे सरकार जानकार रहेको उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही अघि बढाइने स्पष्ट पारिन ।
उनले भनिन, ‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका बारेमा छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ । तसर्थ यसको निष्पक्ष छानविन गरी दोषिलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ । प्रदर्शनको क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा स्वभाविक रुपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायहरुले छानविनको प्रक्रिया शुरु गरिसकेको छ ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE