शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

लोकतन्त्र, सुशासन, पारदर्शितासहितको सुरक्षित समाज सिर्जना गर्नुपर्छः दानबहादुर कार्की

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं  । उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले नेपालमा सुशासन कायम हुुनुपर्ने बताएका छन् ।

आईतवार बिहान काठमाडौंमा चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलले आयोजना गरेको संयुक्त ¥याली कार्यक्रमपछि आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले लोकतन्त्र, सुशासन, पारदर्शितासहितको सुरक्षित समाज सिर्जना गर्नुपर्ने बताए । नेपालीहरुको भावनाअनुरुप पारदर्शिता कायम गरी कानूनले तोके बमोजिम काम कारबाही गर्न जरुरी रहेको उनको भनाइ छ ।

चाडवाडमा लागुपदार्थ सेवन गरेर होहल्ला गर्ने, तडक भडक गर्ने कारणले समाजमा त्रास बढ्नसक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको बताए ।

प्रमुख कार्कीले प्रहरीले विभिन्न परिवेशको ध्यान राखेर देशको सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने बताए । कसैले पनि डर र त्रासमा बस्न नपरोस् भनेर प्रहरी क्रियाशिल रहेको उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x