शनिबार, अशोज १८, २०८२
Saturday, October 4, 2025

तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित हुन राष्ट्रपतिको आग्रह

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित हुन आग्रह गरेका छन् ।

वडादसैं पर्वका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले फागुन २१ लाई तोकिएको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सबैबिच सहकार्यको जरुरी औँल्याएका हुन् ।

मुलुकमा उत्पन्न भएको विषय तथा असाधारण परिस्थिति एवम् मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गरी तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधि मूलक संसद् र सरकारको निरन्तरतामा उनको जोड छ ।

राष्ट्रपतिले शुभकामना सन्देश मार्फत सरकारको निरन्तरताका लागि आवश्यक सहयोग र सहकार्य गरी मुलुकमा उत्पन्न सबै प्रकृतिका सस्यहरूको हल गर्न तथा यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x