शनिबार, अशोज १८, २०८२
Saturday, October 4, 2025

आज वडादशैँ, मान्यजनको हातबाट टीका जमरा लगाउने क्रम जारी

  • 53
  •  
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares

काठमाडौं । आज वडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने क्रम चलिरहेको छ ।

रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ । साइत खोज्नेहरुले ११ बजेर ५३ मिनेटमा टीका लगाएका छन् । तर आज दिनभर र कोजाग्रत पूर्णीमासम्म टीका लगाउन सकिने धर्मशास्त्रविद्को भनाइ छ ।

दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइँदैछ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी वडादशैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलावडाको हातबाट टीका, जमरा र आशीर्वाद लिइन्छ ।

देशका धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार आजमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । यसैबीच यसवर्ष प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउनुभएको र आम नागरिकलाई पनि नलगाइदिने उहाँको सचिवालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x