शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

भदौ २४ गतेको आन्दोलन वाह्यमुखी होः पुष्पकमल दाहाल

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले नेताहरुलाई बचाएको नेपाली सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बताउन सकेन ? भन्दै प्रश्न गरेका छन् । शुक्रवार सम्पादकहरुसँगको संवादका क्रममा उनले यस्तो प्रश्न गरेका हुन ।

उनले आफूहरु सुरक्षा खोज्दै सेनाकोमा पुगेको र सेनाले बँचएको बताए । त्यहाँबाट देशका लागि आफूले खेल्नसक्ने भुमिका खेलको उनको भनाई छ । नेपालमा धेरै ठूलो क्षति भएको छ भने त्यो भूराजनीतिकै कारण भएको र नेपाल बँचेको पनि भूराजनीतिकै कारण रहेको उल्लेख गरे । उनले आफूहरुलाई सेनाले, जनताले, कार्यकताले कसले बँचाएको हो भनेर हेर्दा मुख्यतः सेनाले नै देखिएको बताए । उनले नेताहरु बँचाउनसक्ने सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बँचाएन भन्नेकुरा गम्भीर रहेको बताए ।

उनले भने, ‘हामी सेक्युरिटी खोज्दै सेनाकोमा गइयो । हामीलाई खोज्दै सेना आएको होइन । गएपछि जे भयो यो परिस्थितिमा त्यहाँबाट खेल्नसक्ने भुमिकाको कोशिस गरियो । त्यो वातावरण बन्यो तर हाम्रै कारणले यो बच्यो भन्नेकुरा भनेँ भने गलत हुन्छ । त्यो होइन । हामी धेरै ठूलो क्षति भएको छ भने भूराजनीतिका कारणले भएको छ, हामी बँचका छौँ भनेपनि भूराजनीतिका कारण बँचेका छौँ ।

हामी बँचियो कसरी भन्नेकुराको पनि जवाफ छैन । हामीलाई सेनाले बँचाएको हो की, जनताले हो की, हाम्रा पार्टीका साथीहरुले बँचाएको हो की ? अल्टिमेट्ली हेर्दा त सेनाले बँचायो । हामीलाई बँचाउने सेनाले सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत किन बचाउन सकेन ? भनेर हेर्दा बढो अनौठा चित्र अनुभुति हुन्छ । ’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x