पूर्वसभामुख महारामाथि थुनछेक बहस आजदेखि

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पूर्वसभामुख कृष्णबहादुर महरा माथिको थुनछेक बहस आज हुँदै छ । थुनछेक बहसपछि न्यायाधीशले उहाँलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् ।
सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता पनि भएको थियो ।
महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उहाँमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE