शनिबार, कार्तिक ९, २०८२
Saturday, October 25, 2025

११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय

  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

काठमाडौं । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशन अगामी मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ । शुक्रवार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए ।

उनका अनुसार बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहित प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन समेत सुझावसहित पारित गरिएको छ । उनले जेन–जी पुस्ताले अघि सारेका मागहरु पुरा गर्न प्रतिनिधि सभा पुनस्र्थापनको मुद्दालाई अघि बढाउने निर्णय गरिएको पनि बताए ।

उनले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको कारण पनि एमाले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिएको जिकिर गरे । सरकारले मुठभेटको वातावरण बनाइरहेको, नेताहरूको चरित्र हत्या गरेको, सन्देहस्पाद पात्रहरू दलका नेतालाई भौतिक हमला गर्न खोजिरहेको र चुनावी परिणाम पनि नस्वीकार्ने चेतावनी दिइरहेको अवस्थामा निर्वाधपूर्वक मतदान हुन नसक्ने गौमको जिकिर छ ।

एमालेले निर्वाचन पनि नहुने र प्रतिनिधिसभा पनि पुनस्र्थापना हुन नसक्ने अवस्थामा देश भयंकर राजनीतिक अस्थिरता र अराजकतातिर जाने जोखिम रहेको पनि निष्कर्ष निकालेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x