सोमवार, कार्तिक ११, २०८२
Monday, October 27, 2025

चलचित्रको प्रचार गर्न नेपाल आइन् अभिनेत्री पूजा

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । अभिनेत्री पूजा चन्द चलचित्र परानको प्रचारका लागि नेपाल आएकी छन् । सोमवार संयुक्त राज्य अमेरिकाबाट त्रिभूवन सिवमानस्थल हुँदै चलचित्र प्रचार प्रसारका लागि नेपाल आएकी हुन् ।

नेपाल आएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू चलचित्र प्रदर्शनको प्रचारका लागि नेपाल आएको बताइन् । चलचित्र परानका निर्देशक दीपक आर्र्चाय ९काकु० सँग छलफल गरेर नेपाल आएको बताइन् ।

उनले भनिन्, ‘अब फिल्म रिलिज हुने कुरा भयो, अब जाने कि नजाने भन्नेकुरा भईराखेको थियो । अनि फेरि उहाँसँग कुरा भयो, अनि उहाँसँग कुरा हुँदा दिदि आउन पाए राम्रो हुन्थ्यो भन्ने कुरा गर्नुभयो । मेरो श्रीमानले पनि अहिले चाहीँ फेरि ट्रेन्ड नै रहेछ अब कलाकारहरु चाहीँ स्पेसल्ली फिल्म रिलिजमा उपस्थित हुने, अनि त्यो कारणले गरेर पनि जाने भन्ने फाइनल डिसिजन ग¥यौँ ।’

कार्तिक १४ मा प्रदर्शन हुन लागेको चलचित्र परानमा उहाँ आमाको भुमिकामा हुनुहुन्छ । दीपकप्रसाद आचार्यबाट निर्देशित यस चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यदीप आचार्य र आरभजंग अधिकारी लगायत कलाकारकोे अभिनय रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x