शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

निर्वाचन समयमै गराउने बारेमा जेन–जी प्रतिनिधिसँग राजनीतिक दल र सरकारको छलफल

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचन समयमै गराउने बारेमा जेन–जी प्रतिनिधिहरुले आवाज उठाएको बताएका छन् । बुधवार साँझ बालवाटारस्थित प्रधानमन्त्री निवासमा भएको सरकार, राजनीतिक दल र जेन जीबीचको त्रिपक्षिय वार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।

उनले जेन जी प्रतिनिधिहरुले सुशासन, भ्रष्टाचार नियन्त्रणबारे आफ्नो माग पूरा हुुनपर्ने धारणा राख्नुभएको जानकारी दिए । जेन जी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने बारेमा पनि जेन जीहरुले मागहरु राखेका छन् । छलफल आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बढी केन्द्रित रहेको बताए । जेन जी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने बताए ।

उनले भने, ‘जेन जी आन्दोलनको जगमा बनेको वर्तमान सरकार जसलाई प्रधानमन्त्री सुशीला कार्कीज्युले नेतृत्व गरिरहनुभएको छ । उहाँको आह्वानमा सरकार, राजनीतिक दल र जेन जी प्रतिनिधिबीच त्रिपक्षिय बैठक भएको हो । औपचारिक रुपमा पहिलो बैठक सरकारले आयोजना गरेको हो ।

यसको मुख्य उद्देश्य भनेको चुनाव, सुशासन, भ्रष्टाचार नियन्त्रण र जेन जी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने सन्दर्भमा र यसभित्र पनि चुनावको कुरालाई बढी लक्षित गरी छलफल भएको छ । अबको बाटो कसरी अघि बढ्ने, सबै सँगै मिलेर कसरी अघि बढ्ने, कसरी समझदारी गर्ने, कसरी मिलापको वातावरण निर्माण गर्ने भन्नेमा छलफल भएको छ ।

उनले आन्दालनका क्रममा उठेका मागहरुको सम्बोधन हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम हुनुपर्ने माग जेन जी प्रतिनिधिहरुले राख्नुभएको बताउनु भयो । निर्वाचनको समर्थन गर्दै सुशासनको सुनिश्चितताको माग गरिएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x