सोमवार, कार्तिक २५, २०८२
Monday, November 10, 2025

फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउछ ः गगन थापा

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउने बताएका छन् । महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत यो नै संविधानलाई सही मार्गमा ल्याउने एक मात्र बाटो भएको र यसमा कुनै द्विविधा नरहेको स्पष्ट पारेका हुन् ।

उनले नेपाली कांग्रेस पार्टीले प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा नै यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको उल्लेख गरेका छन् । साथै, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले पनि निर्वाचनमा जाने यही निर्णय गरेको उनको भनाइ छ । महामन्त्री थापाले अहिले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा देखिएको भनिएको अलमल फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा नभएको प्रस्ट पारेका छन् ।

महामन्त्री थापाको जोड निर्वाचनअघि पार्टीको अधिवेशन गराउनुपर्ने विषयमा रहेको छ । अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र आफुहरुलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने आफुहरुको अडान भएको उनको भनाइ छ ।

महामन्त्री थापाले पार्टीभित्रको छलफल र अलमल यही अधिवेशनको विषयमा मात्रै रहेको र निर्वाचनको बारेमा नभएको दाबी गरेका छन् । महामन्त्री थापाले नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग मात्र नलिने बरु यसलाई सफल पनि बनाउने भन्दै कसैले पनि यसमा अलमल नगर्न आग्रह गरेका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x