मङ्लबार, कार्तिक २६, २०८२
Tuesday, November 11, 2025

मधेशमा मन्त्री नियुक्त बिच्छालाई राप्रपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मधेश प्रदेश सरकारमा मन्त्री नियुक्त भएकी कञ्चन बिच्छालाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

पार्टीको नीति, सिद्धान्त र हित विपरीत हुनेगरी गैर जिम्मेवारपूर्वक एवं अनुशासनहीन कार्य गरेको भन्दै राप्रपा अनुशासन समितिले उनीसँग स्पष्टीकरण सोधेको हो । केन्द्रीय अनुशासन समितिका सदस्य सचिव भक्ति प्रसाद सिटौलाले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भन्दै पत्र पठाएको हो ।

‘‘सो सम्बन्धमा तपाईंलाई राप्रपाको विधान २०४८ (संशोधन सहित २०७८) दफा ३० (ड) बमोजिम किन कारबाही र सजाय गर्न नपर्ने हो  ?  नपर्ने भए प्रमाण सहित २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न केन्द्रीय अनुशासन समितिको निर्णय अनुसार अनुरोध गर्दछु,’ सिटौलाले उनलाई पठाएको पत्रमा उल्लेख छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो नै मधेश प्रदेश सरकारबाट फिर्ता हुन निर्देशन दिएका थिए । मधेशमा रातारात एमाले नेतृत्वमा सरकार गठन भएपछि विवाद बढेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x