मङ्लबार, मंसिर ३, २०८२
Tuesday, November 18, 2025

राष्ट्रिय जनमत पार्टीले निर्वाचन आयोगमा दल दर्ताको प्रमाणपत्र लियो

काठमाडौं । राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । सो पार्टीका नेताहरुले मंगलबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेर दल दर्ताको प्रमाणपत्र लिएका हुन् ।

मधेसको सबै समस्या समाधान गर्नका लागि आफूले निर्वाचनमा भाग लिने उद्देश्यका साथ दल दर्ता गरी त्यसको प्रमाण पत्र बुझेको सो पार्टीका नेता इरफान हमसेखले बताए । उनले आफूहरुले मधेशको समस्या बुझेकाले समाधान गरेर अघि बढने जिकीर समेत गरे ।

नेता हमसेखले भने,‘मधेसको समस्या खत्तम गर्नका लागि पूर्वदेखि पश्चिमसम्म नै हाम्रो संगठन अलरेडी छदैछ । समस्याहरु पहिलेदेखिनै चिन्हित छन । त्यही समस्या खतम गर्नका लागि यो पार्टी हामीले गठन गरेका हौ । हामीले ४÷५ वर्षदेखि काम गर्दै आएका छौ । हाम्रो संगठन पुरानै हो, दर्ता मात्रै हामीले अहिले गरेका हौँ ।’

दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको सो पार्टीको चुनाव चिन्ह डोजर रहेको छ । नेता हमसेखले मधेशमा विद्यमान भ्रष्टाचारलाई डोजर लगाएर समाप्त पार्न आफूहरु सफल हुने दाबी समेत गर्नुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि विभिन्न दलहरुले निर्वाचन आयोगमा दल दर्ताको कामलाई अघि बढाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x