मङ्लबार, मंसिर १०, २०८२
Tuesday, November 25, 2025

महिलाहरुको नियुक्ति र बढुवालाई प्राथमिकतामा राखेको छुः प्रधानमन्त्री कार्की

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताएकी छन् । मंगलवार काठमाडौंमा एक समारोहकाबीच लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उनले सो कुरा बताएकी हुन ।

प्रधानमन्त्री कार्कीले महिलाहरुलाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय नदिए आफूमाथि नै प्रश्न चिन्ह खडा हुने समेत बताए । उनले आफूले हरेक नियुक्ति र बढुवामा महिलाहरु कहाँ छन् भनेर खोज्ने गरेको जिकिर समेत गरिन । प्रधानमन्त्री कार्कीले आफूले सकेसम्म महिलाहरुलाई सरकारी नियुक्ति र बढुवामा जोड दिने समेत स्पष्ट पारिन ।

आफू सरकारमा आएको करिव २ महिना बढी भएको र यस बीचमा पनि आफूले महिलाहरुलाई अघि बढाउने कुरालाई प्रश्रय दिएको उनको दाबी थियो । प्रधानमन्त्री कार्कीले महिलाहरुको उपदेयता हुने ठाउँमा उनीहरुलाई नियुक्त गरेर अघि बढने बताइन । उनले महिलालाई प्रोत्साहन गरेर अघि नबढ्ने हो भने महिला हिंसाले झनै जरा गाड्ने समेत बताएकी थिइन ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हिंसालाई अन्त्य गर्ने हो भने समाजलाई जगाउनुपर्दछ । हर मुलुकको आफ्नै परम्परा हुन्छ । मुख्य कुरा महिलामाथि हुने हिंसाको अन्त्य हुुन्छ । हिंसाले मानसिक चोट ल्याउँछ । मानसिक चोट भएपछि मान्छेलाई डिप्रेशन हुन्छ । महिलामाथि प्रताडन गर्दागर्दा उसको डिप्रेशन जस्तो नै आएको हुन्छ ।

एक दिन उसले लोग्नेलाई नै सिध्याइदिन्छ । जसले डिप्रेशन गरेको थियो । चाहे प्रेमी होस्, चाहे श्रीमान होस् । उसैलाई सिध्याउँछ । त्यसको कारक तत्व मर्ने मान्छे आफैँ हुन्छ । जसले त्यो महिलालाई सताईराखेको हुन्छ । त्यस्ता व्यवहारहरु हुन्छ हाम्रो समाजमा । यसको अन्त्य गर्नुपर्छ । मुख्यकुरा छोराछोरीबीच भेदभाव गर्नु भएन । अहिले मानिसहरुको दुई वटा छोराछोरी हुन्छन् वा एउटा । भेदभाव गर्नु भएन । गरिवी छ के को भेदभाव । त्यसैले पहिले गरिवी निवारण गर्नुप¥यो नि त ।

शिक्षा पनि दिनु प¥यो । समाजमा चेतना पनि ल्याइदिनुप¥यो । रोजगारी सृष्टि गर्नुप¥यो । हाम्रो अहिलेको सबैभन्दा ठूलो समस्या भनेको रोजगारी नपाएर विदेश जानु र सबैभन्दा ठूलो ट्रबल भनेको विदेशमा गएर महिलाहरु प्रताडित हुनु । हिंसाको शिकार हुनु । अहिलेको जेन—जीको मोभमेन्टले त्यही त भनेको हो नि । सारा मानिसहरु रोजगारी नपाएर विदेशमा गएर बाध्य भएर बस्नुपरेको छ । हो त्यसको अन्त्य गर्नुप¥यो । मुलुकमा त्यसको लागि गर्ने उनीहरुको माग के हो भन्दा भ्रष्टाचारको अन्त्य र भ्रष्टाचारले पनि मानिस प्रताडित हुन्छ । सुशासन हुनुप¥यो । त्यसले महिलाहरुलाई राम्रो गर्छ ।

महिलाहरुले पनि रोजगारी पाउँछन् । म अहिले क्षणिक रुपमा एक, दुई महिना कति भएको छ । नियुक्ति गर्दा महिला कहाँ छन् भनेर मैले खोज्ने गरेको छु । तर क्रमिक रुपमा पुरुष फस्र्ट रोमा छ र उसले जिन्दगीभर मेहनत गरेर त्यो ठाउँमा पुगेको छ भने उसलाई पनि चित्त दुखाउने त होइन । जो पहिलो नम्बरमा आउँछ, उसैलाई प्रमोशनमा पहिलो प्राथमिकता दिने गरेका छौँ । तर जहाँनिर महिलाको ठाउँ छ, स्थान छ । नियुिक्त हुनेकुरा छ भने त्यहाँ पनि हामीले प्रश्रय दिएका छौं । अबका दिनमा पनि हामी भेटेसम्म प्रयास गर्छौं ।

यतिखेर हामीले नै बसेर महिलालाई प्रोत्साहन गरेनौँ भने त गाह्रो पर्छ, कठिन हुन्छ । एउटा भन्नेकुरा पनि आउँछ । किन गरेन भन्ने आउँछ । तर जहाँनि महिलाको उपदेयता छ । जहाँनिर महिलालाई अग्रणी खण्डमा ल्याउन सकिन्छ । त्यहाँ हामी महिलालाई प्रश्रय दिन्छौँ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x