मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

अनुगमनका लागि कांग्रेस पार्टी कार्यालयमा सरकारी टोली

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली सानेपास्थित जलाइएको कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो ।

टोलीले अनुगमनका साथै कांग्रेसका प्रतिनिधिहरुसँग छलफल गरेको छ । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमन गरेको हो ।

यसपछि आजै नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र लगायत दलका कार्यालय पनि पुग्ने कार्यक्रम रहेको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरुका निवास, सिंहदबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यवसायिक प्रतिष्ठानहरुमा आगजनी भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x