एमालेको सचिवालय बैठक आइतबार बस्दै
काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।पार्टीको ११औँ महाधिवेशनपश्चात् पहिलोपटक सचिवालय बैठक बोलाइएको हो । समानुपातिक उमेदवारको अन्तिम सूची तयार गर्ने मुख्य एजेन्डासहित आइतबार बिहान बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति यही पुस १३ र १४ मा समानुपातिक उमेदवारको बन्दसूची बुझाउने मिति तोकेको छ । जिल्ला र प्रदेशबाट समानुपातिकतर्फका आकांक्षीका नाम संकलन गरेर एमाले अध्यक्ष र महासचिवसहितका नेताले छोटो सूची तयार गरेको जनाइएको छ ।आइतबारको बैठकमा विभिन्न नेताले दिने सुझावका आधारमा समानुपातिकको अन्तिम नामावली तयारी निर्वाचन आयोगमा बुझाउने तयारी रहेको उनले बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE