काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने
काठमाडौं।नेपाली काँग्रेसले आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचि सोमवार निर्वाचन आयोगमा बुझाउने भएको छ ।आईतवार सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले यसबारे जानकारी गरा्एका हुन। केन्द्रिय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रिय कार्य सम्पादन समितिमा र्हेका नेताहरुसँग छलफल भइरहेको र अब सूचि तयार गरेर सोमवारसम्म आयोगलाई बुझाउने बताए । समानुपातिक सूचिबाट १ सय १० जना सांसदहरु चयन हुने भएकाले समानुपातिक सूचि तयार पार्नु पनि महत्वपूर्ण काम भएको बताए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र रास्वपामा प्रवेश गरेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह दाग नलागेको व्यक्ति नभएको बताएका छन्।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE